भोलिदेखि जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस, विद्यालय फागुन १ देखि मात्र खोल्ने

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले उपत्यकाभित्र सवारीसाधनमा लगाइएको जोरबिजोर भोलिदेखि हटाउन सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमण दर घट्दै गएपछि जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो । उपत्यकाका तीन जिल्लामा निजी सवारी तथा ट्याक्सीमा अहिले पनि जोरबिजोर कायमै छ ।

जोरबिजोर हटाउनेबारे आवश्यक निर्णय लिन तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बैठक बस्ने तयारीमा छन् । बैठकपछि आजै नयाँ आदेश जारी हुने बताइएको छ ।

अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने र आवश्यकताअनुसार नयाँ आदेश आउँने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

विद्यालय भने माघ महिनाभर बन्द गरेर फागुन १ देखि खोल्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

२३,माघ.२०७८,आईतवार १७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्