काभ्रे, पनौती । लायन्स क्लव अफ नेपाल जोर्नालिष्टले भक्तपुर जिल्लाको जलिनचाकमा रहेको मानव कल्याण समाजका तीस जना बच्चाहरुको लागि केहि आर्थिक सहयोग गरेको छ ।
क्लवले लायन्स टियू बल्ड बैकमा क्लवको तर्फबाट संस्थापक सदस्यता ग्रह गरेका क्लवका कोषाध्यक्ष रिता ढकाल र क्लव डाइरेक्टर सिरु ढकाललाई प्रसंशापत्रले सम्मान समेत गरेको छ ।
क्लवको दुई दिने वृह्रत बैठकले एउटा सामुदायिक स्कुलका बालबालिकहरुलाई स्कुल व्याक र केहि आवश्यक सामाग्रि समेत दिने निर्णय पनि गरेका छ । लायन्स क्लब ३२५ ए २ बाट विस्तार भएका ३२५ जी, ३२५ एच र ३२५ एफका डिष्टीक्कका नौ जना पदाधिकारीहरुलाई सम्मान गर्ने निर्णय पनि सर्वसम्मत रुपमा पास गरेको छ ।
उत्त बैठकमा लायन्स क्लव मल्टीपलका प्रशासक प्रद्युम्न पोख्रेल, एरिया चिफ राजन थापा, जोन चियरप्रसन योगेन्द्र प्रताप शाहिको आतित्यमा उक्त बैठक पनौति स्थित डाइमन्ड हिल रिर्सोटमा सम्पन्न भएको थियो ।
क्लव अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको बैठकमा सचिव दामोदर प्रसाद दवाडीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै बैठक संचालन गर्न भएको थियो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
क्लवका १५ भन्दा बढी पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्