काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको अभियोगमा तामाङ पक्राउ

5.33K
shares
khanepani bord

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक सोधपुछमा तामाङले हत्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए ।

तामाङलाई पक्राउ गरिएको र घटनास्थल लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको बस्नेतको भनाइ छ । तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।

IME
khanepani