बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो

काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।
नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ ।

‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।

२४,माघ.२०७८,सोमबार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्