चीनले नेपाली सीमा मिचेको सरकारी प्रतिवेदन सार्वजनिक

काठमाडाैं । चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो ।

मिचेल ब्रिस्टोल ले लेखेको समाचार अनुसार पश्चिम नेपालको हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रमाणसहितको प्रतिवेदन सेप्टेम्बर महिनाको अन्तिममा सरकारलाई बुझाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको लेखेको छ । तर नेपाल सरकारले पछिल्ला वर्षहरुमा चीनसँगको सम्बन्ध सुधार गरेको छ । किनभने भारसँगको एकल निर्भरता तोडेर दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास गरिरहेको छ ।

२५,माघ.२०७८,मंगलवार ०९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्