काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

बलात्कार आरोप लागेपछि एमाले नेता बानियाँ भन्छन्- राजनीतिक प्रतिशोधमा फसाउने प्रयास भयो

5.45K
shares
khanepani bord

सुर्खेत । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री मोहन बानियाँले आफूलाई राजनीतिक प्रतिशोध साँध्न महिलाको प्रयोग गरिएको बताएका छन् ।

विभिन्न सन्चारमाध्यममा एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कारसम्वन्धी मुद्दा दायर गरेको भन्ने खबर सुनेको बताउँदै त्यसबाट आफू अच्चमित भएको बताए ।

‘मेरो राजनीतिक उचाइबाट चिढिएका केहि व्यक्तिले महिला प्रयोग गरेर मेरो राजनीति सक्काउने सपना देखेका छन्,’ बाँनियाले भने, ‘म ५९ वर्षको व्यक्तिले त्यसरी गिरेर घिनलाग्दाे हर्कत गर्ने कुरै भएन ।’

उनले आफूमाथि लगाइएको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको बताए । ‘यस्ता आरोप भ्रामक हुन् । ती महिलालाई बारम्बार मालाई एक गिरोहले वार्गेनिङ गर्ने र राजनीति सकाउने हतियार बनाएको छ,’ उनी भन्छन्, ‘ती महिलाले लगाएको आरोप भन्दा अरु केहि होइन । मसँग आठवटा प्रमाण पनि छन् ।’

जिल्ला प्रहरी कार्यालय बाँकेमा ती महिलाले बाँनियाविरुद्ध दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी हुन् ।

IME
khanepani