छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजना वृद्धाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको जनाएको हो ।

क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्ञानमाया राईको ज्यान गएको इलाका प्रहरी कार्यालय थपरीले जनाएको छ ।

२५,माघ.२०७८,मंगलवार १५:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्