एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३ गते) झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

निर्वाचन मण्डलका अनुसार बुधवार दिउँसो १ बजे नवनिर्वाचित कमिटीको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ ।

एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि इच्छा देखाएका थिए ।

२६,माघ.२०७८,बुधबार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्