नेपाली बजारमा बुधबार सुनकाे मूल्य तोलामा तीन सयले बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

२६,माघ.२०७८,बुधबार १०:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्