
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्रि पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको उनको भनाइ छ । हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरू आज देउवा निवासमै जान लागेका हुन् । देउवाले व्यस्तताको कारण देखाउदै हिजो बैठकमा सहभागी हुन नसकेको जनाएका थिए ।
सहमहामन्त्री पाण्डेका अनुसार आज पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ ।
प्रतिक्रिया दिनुहोस्