सरकारी अस्पतालमा नि: शुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री समक्ष अनेरास्ववियूको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी अस्पतालमा निः शुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै टिचिङ अस्पताल, वीर अस्पताल, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्टान र पाटनलगायतका सरकारी अस्पतालमा विद्यार्थी, किसान र मजदुर लगायत आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीसमेतको टोलीले ज्ञापनपत्र बुझाउँदै आम विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

कोरोनाभाइरसको संक्रमणको कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा राज्यले आर्थिक अभावका कारण विद्यार्थी, किसान, श्रमजिवी, मजदुर लगायतका विपन्नको उपचारमा विशेष ध्यान दिनुपर्ने माग परिन अनेरास्ववियूले गरेको छ ।

२६,माघ.२०७८,बुधबार १५:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्