नरेन्द्रसिह कार्की दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि...

पुरा पढ्नुहाेस्

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

4.42K
shares
khanepani bord

सिन्धुपाल्चोक। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् ।

मानव वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएकाे छ ।

IME
khanepani