सभामुखलाई युवा संघ र अनेरास्ववियुले काभ्रेमा देखायो कालो झण्डा

काभ्रे । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । एक कार्यक्रमका लागि धुलिखेल जाँदै गरेका सभामुखलाई काभ्रेमा कालो झण्डा देखाइएको हो ।

प्रदर्शनकारीले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका छन् । सोक्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । पदीय मर्यादा कायम गर्न नसक्ने र व्यक्ति हत्याको अभियुक्तलाई सभामुखबाट हटाउन भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।

२७,माघ.२०७८,बिहीबार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्