सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयअगाडि नेविसंघका नेता-कार्यकर्ताहरूले गरे प्रदर्शन

काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयअगाडि नेविसंघका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । कार्यसम्पादन समितिका सदस्यहरूबाहेकलाई छिर्न नदिएपछि गेटबाहिरै विरोध प्रदर्शन गरिएको हो ।

म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने साथै रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने नेविसंघको माग छ ।

कांग्रेस विधानको दफा ४२ को उपदफा १ को ङ र दफा ४२ को उपदफा २ को ग मा पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ ।

बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुभन्दा विधानको दफा निलम्बन गरेर अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव गरेका थिए ।

२७,माघ.२०७८,बिहीबार १३:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्