काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पोखरी ठेक्काबापतको रकम राज्यलाई नबुझाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
यादवसँग ३५ लाख २१ हजार २ सय ४ रूपैयाँको बिगो दाबी गरिएको छ । साबिक सहोडवा गाविस-६ मा पर्ने सुब्बा पोखरी गाविसले शम्भुलाई २०७१ भदौदेखि २०७६ भदौ मसान्तसम्म ठेक्कामा लगाएको थियो । उक्त क्षेत्र हाल पिपरा गाउँपालिका-५ मा पर्छ ।
शम्भुले २०७३ माघ ४ गतेसम्म १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ भुक्तान गरेपनि त्यसपछि बाँकी रकम नतिरेको दाबी अख्तियारको छ ।
प्रतिक्रिया दिनुहोस्