दहाललाई ओलीले भने, ‘एमसीसीबारे पहिले तपाईंहरु निर्णय गर्नूस्, एमालेले त गरिहाल्छ’

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका विषयमा सत्ता गठबन्धनमा रहेका दलबीच धारणा बनेपछि मात्रै एमालले निर्णय गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

एमसीसीबारे निर्णय लिन बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालले ओलीलाई टेलिफोन गर्दा ओलीले उक्त कुरा गरेको एमाले एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् । एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले जसले सोधे पनि एमालेको धारणा स्पष्ट रहेको उनले बताएका छन् ।

शुक्रबार रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ ।

हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न ‘अन्तिम’ आग्रह समेत गरेका छन् ।

२८,माघ.२०७८,शुक्रबार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्