सिइओ शाक्यले केयूकेएलका क्षमतावान कर्मचारीलाई दिए महत्वपूर्ण जिम्मेवारी, केयूकेएलको आन्तरीक प्रशासनमा सुधारको संकेत ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा केहि कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ । आन्तरीक प्रशासन कमजोर भएको टिक्का टिप्पणी चलिरहेको समयमा सिइओ मिलनकुमार शाक्यले केहि काविल कर्मचारीहरुलाई उच्च तहको काम गर्ने गरि जिम्मेवारी हेरफेर गरेका हुन ।

आर्थिक प्रशासनमा काविल मानिदै आएका प्रशासन महाशाखा प्रमुख प्रकाश कुमार राईलाई आर्थिक प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी केयूकेएलमा निश्कलकं कर्मचारी हुन । बौद्धिक व्यत्तित्व समेत भएका राई लामो समय केयूकेएलको आन्तिरीक लेखा परिक्षण विभागमा बसेर काम गरेको अनुभव समेत उनीमा छ । उनले नेपाल सरकारको बहुराष्ट्रिय आयोजना काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको लेखा शाखामा बसेर कामको अनुभव सगालि सकेका छन । त्यसैगरि केयूकेएलको खरिद शाखा र प्रशासन महाशाखाको समेत जिम्मेवारी सफलता पूर्व निर्वाह गरेका बहुप्रतिभाशालि कर्मचारी हुन राई ।

त्यसैगरि अर्का लामो समय काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको सचिवालयलमा प्रशासन प्रमुखको समेत भुमिका कुशलतापूर्वक संचालन गरेर सफलता हाँसिल गरेका योगेन्द्र बमलाई सिइओ शाक्यले प्रशासन महाशाखाको जिम्मेवारीमा लगेका छन । कानुनमा समेत ज्ञाता बम कर्मचारीहरु वीच निक्कै लोकप्रयि छन । कुरालाई भन्दा बढी कामलाई विश्वास गर्ने बम यस भन्दा पहिले पनि समान्य प्रशासन शाखा र खरिद प्रमुखको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरि सकेका निश्कलंक कर्मचारीको छवि बनाएका छन । उनले केयूकेलको कर्मचारी प्रशासनलाई सफलता पूर्वक सम्पन्न गर्ने कुरामा सिइओ पूर्ण आशा बादि भएको सिइओ उनी निकट स्रोतलेले बताएको छ ।

त्यसै गरि केयूकेएलको सदस्य सचिवको भुमिकामा रहेका दिपेन्द बहादुर ओलीलाई सिइओ शाक्यले खरिद प्रमुखमा लगेर कामको जिम्मेवारी दिएका छन । उनी यस भन्दा अगाडि केयूकेएलको समान्य प्रशासन शाखामा काम गरेका अनुभवि र निडर छवि बनाएका कर्मचारी हुन ।

२८,माघ.२०७८,शुक्रबार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्