काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे

4.23K
shares
khanepani bord

चितवन। पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा मरेका छन्’, उनले भने ।

बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए ।

khanepani