काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेताबीच भेटघाट भएको छ ।
गृहमन्त्रालयमा जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् । भेटमा शान्तिपूर्णरूपमा रूपमा गरिएको आन्दोलनमा कार्यकर्ता गिरफ्ता गरिएको भन्दै जनमतका नेताहरूले उनीहरूको रिहाइ र मुद्दा फिर्ताको माग गरे ।
गृहमन्त्री खाणले आफूले यथार्थ बुझ्ने बताएका छन् ।
किसानसँगको सरोकारका विषयमा जनमत पार्टी आन्दोलित छ ।
प्रतिक्रिया दिनुहोस्