काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

4.99K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ ।

कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए । निर्णयबारे निर्वाचन समितिले कार्यसम्पादन समितिको बैठकमा जानकारी समेत गराइएको छ ।

IME
khanepani