केयूकेएलको वार्षिकोत्सव समारोह र्भचअल हुने, टुयवल र अनलाइन पेमेन्टको उद्घान

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले १४धौं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा प्रभावकारी दुई वटा उद्घाटन गर्ने तयारी गरेको छ ।
माननीय खानेपानी मन्त्रीले भोली अर्थात फाल्गुण १ गते केयूकेएलको वार्षिकोत्सव समारोह अनलाइन र्भचुअल उद्घान गर्ने कार्याक्रम रहेको छ । कोरोना भाइरकका कारण केयूकेएलले आफ्नो कम्पनीको वार्षिक उत्सव र्भचुअल गर्ने कुरा केयूकेएलका सिइओ मिलनकुमार शाक्यले बताएका हुन ।

सानेपामा निर्माण गरिएकोा करिव १० लखा लिटर पानी उत्पादान गर्ने टुयुवल र केयूकेएलका खानेपानीका ग्राहकले अनलाइन मार्फत पानीको महशुल तिर्न सक्ने गरि अनलाइन पेमेन्टको याप पनि मन्त्री उमाकान्त चौधरीले उद्घान गर्ने कार्यक्रम तय भएको छ ।

टुयुवलको उद्घाटन रिमोड सुइचिङ अन र अफ गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि अनलाइन पेमेन्टको लागि ई सेवा, नेपाल इभेष्टमेन्ट बैक र एनएमवी बैकले अनलाइन मार्फत महशुल संकलन गर्ने गरि याप निर्माण गरिएको छ । यसले खानेपानीका ग्राहकहरुलाई अब महशुल बुझाउन कार्यालय धाउनु पर्ने बाध्यताबाट मुक्त गरेको छ ।

१४धौ बार्षिक उत्सव मनाउदै गर्दा केयूकेएलले के उपलब्धी हासिल गरेको छ, भन्ने नेपाली जनताको प्रश्नमा केयूकेएलका सिइओ शाक्य भन्छन, “हामिले यस बर्ष कर्मचारी यूनियनहरुले राखेका जायज मागहरुको संस्थागत संबोधन गरेका छौं, त्यो क्रमशः कार्यन्वयनको चरणमा प्रबेश गरेको छ । राजधानीको बढ्दो जनघनत्वलाई मध्यनजर राखेर पानी उत्पादानका १० वटा करिब १ करोड भन्दा बढी पानी उत्पादन गर्ने क्षमताका टुयवल निर्माण सम्पन्न भएका छन । त्यसैगरि ३५ बटा सतहगत मुहानबाट पानी ल्याउने तयारीको लागि अध्यायन सम्पन्न भइसकेको छ ।”
संस्थागत प्रशासनीक सुधारका कामले समेत गति लिन थालेको कुरा पनि सिइओ शाक्यले बताएका छन ।

२९,माघ.२०७८,शनिबार १२:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्