बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

स्थानीय चुनावमा पौने दुई करोड मतदाता, वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउँने

5.36K
shares
khanepani bord

काठमाडौं । अब हुने स्थानीय तहको निर्वाचनमा २४ लाख भन्दा बढी मतदाता थपिएका छन् । यस अघि सम्पन्न २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भन्दा अहिले २४ लाख ७२ हजार ६२ जना मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार २०७४ सालमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुदाँ मुलुकभर एक करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता थिए । २०७९ साल वैशाख २ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगले अनुमान गरेको छ ।

यसअघि सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएको यस पटकको आसन्न स्थानीइ तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन भने २०७९ साल बैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिन भन्दा अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट भएको छ ।

नेपालको इतिहासमा पहिलो पटक निर्वाचन हुने दिन भन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप २ लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।

IME
khanepani