काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या, छोरा पक्राउ

4.88K
shares
khanepani bord

विराटनगर । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।

चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध कर्तज्यान मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

IME
khanepani