एमाले सांसदहरूले भने, ‘चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन’
 
                        					        								वि.सं.२०७८ फागुन २ सोमवार १४:४१
shares

काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।
जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।
सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छनन् ।
अहिले सांसदहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बोकेर चुनाव जान नसक्ने बताएका छन् ।












 
						  जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ












