धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

आज (सोमबार) बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले हिजो (आइतबार) पाँच जनालाई अन्तरवार्ताका लागि बोलाएको थियो ।

अन्तर्वार्तामा बोलाएकामध्ये निरज गिरि र खगेन्द्र कटुवाललाई पछाडि पार्दै तीन जनाको सिफारिस भएको हो ।

२,फाल्गुन.२०७८,सोमबार १७:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्