काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने

4.47K
shares
khanepani bord

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ ।

गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो ।

गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।

IME
khanepani