सुनसरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलमा सोमबार बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ५० बर्षीय रमेश लुहागुन रहेका छन् । बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो ।

ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई सोमबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।

३,फाल्गुन.२०७८,मंगलवार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्