कमलबिनायकमा बस र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् ।

गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए ।

दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

३,फाल्गुन.२०७८,मंगलवार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्