
वीरगञ्ज । सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ । वीरगञ्ज -१६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने कच्चि बाटोबाट चरेस बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल १३ नं गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको गाडी-मोबाईल टोलीले मंगलबार बिहान सवा ६ बजे चरेस बरामद गरेको थियो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ नेपालबाट भारततर्फ जाँदै गरेको एकजना अपरिचित व्यक्तिले तरकारी बोक्ने झोला फाली भागेका थिए ।
झोला बरामद गरी चेकजाँच गर्दा कार्टुन टेपले बेरिएको आठवटा प्याकेटमा तीन किलो ९०० ग्राम चरेस फेला परेको उनले बताए । बरामद गरिएको चरेस आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्