सबै सांसदलाई भोलिको संसद् बैठकमा आउन भनेका छौं : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् ।

‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।

३,फाल्गुन.२०७८,मंगलवार १६:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्