काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेसहित उपत्यकाबाट ४१ बन्दकर्ता पक्राउ

3.85K
shares
khanepani bord

काठमाडौ । काठमाडौ सात दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा काठमाडौं उपत्यकाबाट ४१ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट ४१ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।

काठमाडौंबाट २६, ललितपुरबाट १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बन्दका क्रममा कोटेश्वरमा ट्याक्सीमा आगो लगाउने प्रयास गरिएको थियो।

सिपी टावरनजिकै एउटा ट्याक्सीमा आगजनी गर्न खोज्नेसहितका बन्दकारीहरू नियन्त्रणमा लिइएको मैनालीले बताए।

ललितपुरमा सार्वजनिक यातायातमा ढुंगा प्रहार गरेको, टायर बालेको आरोपमा १२ जना पक्राउ परेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

भक्तपुरको कौशलटार, सल्लाघारी क्षेत्रमा टायर बालेको आरोपमा तीन जना पक्राउ परेको परिसरले जनाएको छ।

विप्लव माओवादीसहितका सात दलीय मोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोध गर्दै हड्ताल आह्वान गरेका हुन्।

हड्तालको आंशिक प्रभाव मात्रै परेको छ। उपत्यकामा सवारीसाधनमा बन्दको प्रभाव खासै परेको छैन।

IME
khanepani