कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु, एमाले अनुपस्थित

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए ।

नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा सहभागी भएको छैन । एमसीसीबारे दुई धारमा देखिएको जनता समाजवादीका प्रतिनिधि पनि बैठकमा सहभागी भएका छैनन् ।

संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

४,फाल्गुन.२०७८,बुधबार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्