काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ

4.47K
shares
khanepani bord

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।

काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।

संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी खारेज गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका थिए ।

IME
khanepani