करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक स्थगित, एमालेको नाराबाजी

काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

४,फाल्गुन.२०७८,बुधबार १३:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्