कर्णाली प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री विष्ट

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री विन्दमान विष्टलाई दिइएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्टलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन् ।

विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् ।

४,फाल्गुन.२०७८,बुधबार १७:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्