काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

वीपी प्रतिष्ठानका पदाधिकारीको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

3.97K
shares
khanepani bord

काठमाडौँ । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीका पक्षमा आज (बुधबार) अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रतिष्ठानका पदाधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको पदाधिकारीकातर्फबाट बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिएका हुन् ।

अधिवक्ता भट्टराईका अनुसार अदालतले दुवै पक्ष राखेर छलफल गर्न विपक्षीलाई पनि बोलाउन आदेश गरेको छ । यस्तै, अब स्वास्थ्य मन्त्रालयबाट प्रतिष्ठानमा पठाइएका डा. श्यामसुन्दर यादवको सट्टामा हाललाई प्रतिष्ठानका पदाधिकारीलाई नै काम गर्न दिनु भन्ने आदेश उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै सरकारले दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र पदअनुसारको काम, कर्तव्य अधिकार प्रयोग गर्न वीपी प्रतिष्ठानका पदाधिकारीहरुले पाउने भएका छन् ।

सरकारले प्रतिष्ठानका उपकुलपति, डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा डा. गौरीशंकरलाई गत पुस ३० गते काम गर्न रोक लगाउँदै स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियत दिएर पठाएको थियो ।

सरकार र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति गिरी र अस्पताल निर्देशक साहले पुस २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

khanepani