काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेदेखि

4.51K
shares
khanepani bord

काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ यद्यपि शैक्षिक सत्र भने वैशाखदेखि नै सुरु हुने भएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।

कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको र सरकारले बैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

कोरोनाको तेस्रो लहरले बन्द रहेका शैक्षिक संस्थामा फागुन १ गतेदेखि भौतिकरुपमा पठनपाठन सुरु भएको छ ।

khanepani