काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न दाहाल बिहीबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री देउवाले बिहीबारै सत्ता गठबन्धनको बैठक बोलाएका छन् । त्यसअघि देउवा र दाहालबीच करिब एक घण्टा छलफल भएको हो । गठबन्धनमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा विवाद छ ।
सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गर्ने प्रस्ताव गरेपनि गठबन्धनभित्रै विरोध भएपछि एमसीसी सम्झौता टेबल भएन । सरकारले शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । त्यसअघि गठबन्धनमा छलफल हुन लागेको हो ।
देउवा र दाहालबीच सहमतिका विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ । देउवा र दाहाल भेटवार्तापछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धन बैठक ५ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्