काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

एमसीसीको पक्षमा उभिन डराउनु पर्दैन : प्रधानमन्त्री देउवा

4.64K
shares
khanepani bord

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् ।

‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भने, ‘अब सरकार संसद्‌मा टेबल गर्न चाहन्छ, पास फेल जे हुन्छ, स्विकार्नुपर्छ ।’

बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका पक्षमा उभिन डराउन नपर्ने बताए ।

‘एमसीसी नेपालको हितमा छ, यो ऋण होइन, अनुदान हो, यो राष्ट्रियहित विपरीत छ भन्ने हल्लामात्रै हो,’ प्रधानमन्त्री देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु पर्दैन । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।

IME
khanepani