काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

जोन्सन खोप लगाएकाले पनि ६ महिनापछि बुस्टर डोज लगाउन पाउने

4.38K
shares
khanepani bord

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एन्ड जोन्सन खोप लगाएको व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने निर्णय गरेको छ । मन्त्रालयले बुधबार यसबारे स्पष्ट पार्दै उनीहरुलाई पनि बुस्टर डोज लगाउन मिल्ने जनाएको हो ।

जोन्सनको खोप लगाएका व्यक्तिहरुलाई पनि ६ महिनापछि उपलब्ध भएमा सोही खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

कोभिड १९ विरुद्धको अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पुरा भई जोन्सन खोप लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने मन्त्रालयले जनाएको छ।

khanepani