काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले...

पुरा पढ्नुहाेस्

प्रचण्ड निवासमा कलाकार, सन्दीप भन्छन् : ‘पार्टी प्रवेश गर्न लागेको हैन’

6.06K
shares
khanepani bord

काठमाडौं । एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दौडधुपमा व्यस्त माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बिहीवार कलाकारलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कलाकार खुमलटार पुगेका थिए ।

गायक राजेशपायल राई, चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए । अध्यक्ष प्रचण्डले कलाकारसँग एक्लाएक्लै भेट गरेको उनकी स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

आफूहरु प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेको अभिनेता समेत रहेका क्षेत्रीले जानकारी दिए । ‘पार्टी प्रवेश गर्न हैन, सीता दाहालको अवस्था बुझ्न हामी गएका हौं । त्यही क्रममा अध्यक्षज्यूसँग पनि क्याजुअल भेटघाट भएको हो’ उनले भने ।

प्रचण्डसँगको भेटमा कलाकारहरुले खुलेर आफ्नो कुराहरु राखेको जानकारी स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छिन् । प्रचण्डले बेला-बेलामा आफू निकट कलाकर्मीसँग खुलमटारमा भेटघाट गर्ने गरेका छन् ।

IME
khanepani