
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार बिहीबार पौने तीन बजे थाइल्यान्डबाट आएको यरो थाइको जहाज काठमाडौं अवतरण गरेको हो । जहाजलाई आजै भैरहवा पठाइने छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्