काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

वन निगमका सीईओ भट्टराईलाई बर्खास्त गर्ने सरकारको निर्णय

4.6K
shares
khanepani bord

काठमाडौं । सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ ।

भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वनमन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए । अदालतको सजाय हेरेर थप कारबाहीका लागि पनि बैठकले सिफारिस गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले भट्टराईलाई ४ वर्षका लागि नियुक्त गरेको थियो । निगमको सीईओ नियुक्तिका लागि सबैभन्दा धेरै ७४ अंकसहित तत्कालीन मन्त्री प्रेम आलेले पंकज दासलाई प्रस्ताव गरेकोमा आलेको प्रस्ताव संशोधन गरी ४९ नम्बर ल्याएका भट्टराईलाई नियुक्त गरिएको थियो ।

यसमा आलेले असन्तुष्टि जनाएका थिए ।

IME
khanepani