काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

नक्कली प्रमाणपत्रको मुद्दामा हरि खड्का दोषी ठहर, ५ हजार जरिबाना

4.56K
shares
khanepani bord

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।

खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले नक्कली प्रमाणपत्र प्रकरणका खड्कालाई दोषी ठहर गरेको हो । विशेषको फैसलाको थप विवरण आउन बाँकी छ ।

विशेष अदालतका उप रजिष्ट्रार एवं प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्काविरुद्धको आरोप ठहर भइ ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश भएको छ ।

IME
khanepani