जेसिआई सिद्धार्थ लेडी विभाजित, अध्यक्ष नै दुई जना

भैरहवा। विवादका कारण जेसिआई सिद्धार्थमा अध्यक्ष नै दुई जना बनेका छन् ।

‘व्यक्तिको होइन, विधिको शासन हुनुपर्छ’ विचार राख्ने सामाजिक संस्था जेसिआइ नै विभाजित बनेको छ । अनिता पाण्डे (अनुपा) र प्रकृति उप्रेतीले अध्यक्ष बनेको घोषणा गरेका हुन् ।

भैरहवाको किङ्गस प्यालेसमा २५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन आह्वान गरेर पाण्डेलाई अध्यक्ष घोषणा गरिँदा पिस नाइट होटलमा उप्रेतिले पदस्थापन गरिन् ।

२५ औँ पदस्थापनबाट २०२१ को अध्यक्षमा पदभार पाएकी रिमा न्यौपानेको कार्यकाल सकिएपछि वर्ष २०२२ को अध्यक्षमा दुई जनाले दाबी गरेका हुन् ।

अध्यक्ष पाण्डेले जेसिसको विधान अनुसार आफू अध्यक्ष भएको बताइन् । उप्रेतीले विगतमा भएको सम्झौता अनुसार आफू अध्यक्षमा निर्वाचित भएको बताइन् ।

६,फाल्गुन.२०७८,शुक्रबार ०८:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्