नगरकोटमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला
वि.सं.२०७८ फागुन ६ शुक्रवार १०:०४
shares

काठमाडौं । भक्तपुर नगरकोटको सम्शेर टोलमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
स्थानीय २२ वर्षीया सूर्यमाया तामाङ जस्ताको छानो भएको घरको बलोमा झुण्डिएको अवस्थामा बिहीबार अपराह्न साढे ४ बजे मृत फेला परेकी हुन् ।
उनको घाँटीमा खादाको पासो लगाएको देखिएको भक्तपुरका प्रहरीका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार घटनाको अनुसन्धान जारी छ ।


























