काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्ने

3.91K
shares
khanepani bord

काठमाडौं । अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्न भएको छ । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपालमा संचालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको हो।

उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तर आबद्द बिद्युतिय भुक्तानीको सञ्जाल सञ्चालन हुनेछ । भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे ) मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो ।

नेपालमा काम गर्ने नेपाली र भारतीयहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् । नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने छ ।

एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात हुँदै जाने भएको छ । कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, भारतमा भुक्तानीको सञ्जाल युनीफाईड पेमेन्ट इन्टरफेसल बीच सम्झौता भएको छ ।

त्यस्तै एनपीसिआई इन्टरननेसनलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

khanepani