काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

3.8K
shares
khanepani bord

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

समूह-१ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन् छन् भने नेपाल रहेको समूह-२ मा ओमानसहित क्यानडा र फिलिपिन्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

IME
khanepani