
दाङ । दाङको राप्ती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव बिहीबार बेलुका ९ बजे राप्ती नदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।
गढवा गाउँपालिका-२ पचाह-अर्ना किनाराको घाटमा चौधरीको शव मृत अवस्थामा भेटिएको हो ।
शवको पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्