काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन

4.97K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।

माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ ।

IME
khanepani